टीका र युवराजको गीतमा पल र शुभेक्षा (भिडियो)

डिसी नेपाल
२ वैशाख २०७९ १०:५६
532
Shares

काठमाडौं। अभिनेता पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक युवराज मगर र गायिका टीका प्रसाईँको स्वर रहेको ‘प्लिज नभन है हुन्न’बोलको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गरेका हुन्।

नयाँ वर्ष २०७९ को अवसर पारेर बिहीबार सार्वजनिक यस गीतमा एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत एवं उदयराज पौडेलको एरेन्ज छ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन्। भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ।

मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए। ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *