‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।
लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आएका गीतकार रमेश लुइँटेलले गरेका छन्। यस गीतलाई अमेरिकामा नै रहेका सङ्गीतकार आधार तुम्बापोले सङ्गीतबद्ध गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको सङ्गीत संयोजन रहेको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद् परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । ‘तिम्रो साथ छुट्ला भनी डराएर रोएँ’, ‘मनको पीडा मनमै दबाई कराएर रोएँ’, ‘यो मनबाट तिमीलाई अन्तै सराएरै रोएँ’ ‘बाध्यतालाई आफैँसँग हराएर रोएँ’ लगायत बोलका गीत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा सुजिता शिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाङ्कन गरेको यस भिडियोलाई शीलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment