सिंगापुर सरकारले दिन लागेको कोभिडविरुद्धको १५ लाख डोज खोप नेपालद्वारा अस्वीकार

चूडामणि भट्टराई
७ वैशाख २०७९ ११:५३

अमेरिका। सिंगापुर सरकारले नेपाली जनतालाई भनेर दिन खोजेको ३० मिलियन अमेरिकी डलर बराबरको कोभिडबिरुद्धको १५ लाख डोज खोप नेपाल सरकारले लिन अस्वीकार गरेको छ।

पौने तीन करोड जनसंख्या भएको मुलुक नेपालमा ७२ लाखभन्दा बढी जनसंख्याले अझै पनि एक डोज पनि खोप लाउन नपाएको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निशुल्क प्राप्त गर्न लागेको १५ लाख डोज मोडर्ना खोप अस्वीकार गर्नुको कारण खुलेको छैन।

अमेरिकाको मोडर्ना कम्पनीले बनाएको मोडर्ना खोप निशुल्करुपमा नेपाल सरकारलाई दिने प्रस्ताव सिंगापुर सरकारले झण्डै एक महिनाअघि औपचारिकरुपमा गरेको थियो।

सिंगापुर सरकारको स्वास्थ्य मन्त्रालय नेपाल सरकार स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोख्रेललाई आधिकारिकरुपमा प्रस्ताव पठाई सिंगापुर सरकार कोभिड विरुद्ध लड्नका लागि नेपाली जनतालाई सहयोग गर्न इच्छुक भएको र आफूले मोडर्ना कम्पनीसँग खरिद गरेको १५ लाख डोज खोप नेपाललाई निशुल्करुपमा दिन तयार भएको विवरणसहित पत्र पठाएको थियो।

स्वास्थ्य मन्त्रालयको एक उच्च स्राेतका अनुसार चैत्र महिनाको ८ गते नै सिंगापुर सरकारका तर्फबाट त्यहाँको स्वास्थ्य मन्त्रालयले १५ लाख डोज मोडर्ना खोप निशुल्क उपलब्ध गराउनेबारे पत्र पठाएको थियो।

‘खोप निशुल्क आउने भयो त्यो पनि मोडर्नाजस्तो कम्पनीको खोप भनेर केही दिन मन्त्रालयको उच्च तहमा खुसीयालीसमेत भयो,’ सो स्रोतले नाम उल्लेख नगर्ने सर्तमा डिसी नेपालसँग भन्यो, ‘केही दिनपछि अचानक कुरा फेरियो र खोप नलिनेतिर मन्त्रालयको नेतृत्व गयो। झण्डै तीन हप्ता कुराएर सिंगापुर सरकारलाई तत्कालका लागि खोप आवश्यक नभएको भन्दै अस्वीकार गरिएको पत्र पठाइएको छ।’

निशुल्क खोप आउँदा करोडौं करोड रकम खर्च गरेर खोप किन्न नपाइने र किन्दा प्राप्त हुने कमिशन खान नपाइने हुँदा मन्त्रालयको नेतृत्वले निशुल्क खोप अस्वीकार गरेको हो। स्वास्थ्य मन्त्रालय भारत र चीनका विभिन्न खोप उत्पादक कम्पनीसँग कोभिड विरुद्धको खोप खरिद गर्ने प्रयासमै छ।

यस्तो प्रस्ताव आएपछि खोप माफिया र विचौलियाहरुको उल्लेख्य दौडाडौड देखिएको भन्दै सो स्रोतले खोप खरिद गरेर कमिशन खाने माफिया र विचौलियाहरुको जगजगीका कारण मन्त्रालयले निशुल्क आउन लागेको बैदेशिक सहायताको खोप नेपाल सरकारले अस्वीकार गरेको बतायो।

निशुल्क खोप आउँदा करोडौं करोड रकम खर्च गरेर खोप किन्न नपाइने र किन्दा प्राप्त हुने कमिशन खान नपाइने हुँदा मन्त्रालयको नेतृत्वले निशुल्क खोप अस्वीकार गरेको हो। स्वास्थ्य मन्त्रालय भारत र चीनका विभिन्न खोप उत्पादक कम्पनीसँग कोभिड विरुद्धको खोप खरिद गर्ने प्रयासमै छ।

हरेक खोपको निश्चित समय सीमा हुन्छ। एमआरएनए प्रविधिबाट उत्पादित खोपको निश्चित समय तोकिएर बनेको हुन्छ। मोडर्ना खोपको अवधि ६ महिनाभित्र लगाइसक्नुपर्ने हुन्छ। त्यही ६ महिनामा नेपाली जनतामा खोप पुर्याउन नसकिने बहानामा नेपाल सरकारले सिंगापुरको खोप अनुदान अस्वीकार गरेको हो। यस बारे स्वास्थ्य सचिव पोख्रेलसँग सम्पर्क गर्दा उनले खोप अस्वीकार गरेको पुष्टि गरे।

स्वास्थ्य सचिव डा. पाेख्रेलले सिंगापुरले उपलब्ध गराउने खाेपकाे म्याद गुज्रिन ६ महिना भन्दा कम भएका खाेप नलिने भन्ने नीति अनुसार सिंगापुरले उपलब्ध गराउने खाेप नलिएकाे बताए। उनले चाँडै म्याद गुज्रिने खाेप ल्याउन सदूपयाेग गर्न कठीन हुने अवस्थालाइ ध्यान दिएर समन्वय समितिले ६ महिना भन्दा अगाडि म्याद गुज्रिने खाेप नलिने निर्णय गरेकाे उनले बताए।

मन्त्रालय स्रोतले नेपाल सरकारलाई सो खोप भण्डार गर्नका लागि आवश्यक पर्ने सामाग्री पनि दिने र सिंगापुरदेखि काठमाडौंसम्म निशुल्क रुपमा हवाइ खर्चपनि सिंगापुरले नै व्यहोर्ने प्रस्ताव गरेको थियो।

सिंगापुरको निशुल्क खोपको प्रस्तावबारे स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव रोशन पोख्रेल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्दरमण सिंहबीच मन्त्रालयमा पटक पटक छलफल भएको थियो। स्वास्थ्य क्षेत्रका चर्चित विचौलियाहरुसमेत ती छलफलमा सामेल भएको र खोप अस्वीकार गर्ने निर्णय गरिएको थियो।

सो स्रोतका अनुसार, निशुल्क खोप नेपाल पठाउन अमेरिकाको ओहायो राज्यमा बसेर स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेका डाक्टर दामोदर पौडेल र मोडर्ना कम्पनीमै कार्यरत बैज्ञानिक दीपेन्द्र ज्ञवालीले निकै प्रयास गरेका थिए।

यस्तो थियो खोप लैजाने प्रयास

संसारभर कोभिडविरुद्धको खोपको हाहाकार भएका बेला खोप उत्पादक कम्पनीहरुसँग धनी मुलुकहरुले आफूलाई पर्याप्त हुने गरी खोप अर्डर गरेका थिए। सोही अनुसार, सिंगापुरले पनि मोडर्ना कम्पनीसँग खोप अर्डर गर्‍याे। उत्पादक कम्पनीले खोप उत्पादन गरेर दिएपछि सिंगापुरले त्यसमध्ये १५ लाख डोज खोप अभाव खेपिरहेका मुलुकहरुमध्ये छानेर सहयोग गर्ने निर्णय गर्‍याे।

सिंगापुर सरकारले यसबारे अमेरिकामा रहेको मोडर्ना कम्पनीलाई समेत जानकारी दियो। संयोगले यो कुरा सो कम्पनीको उच्च तहका काम गर्ने नेपाली मुलुका बैज्ञानिक दीपेन्द्र ज्ञवालीले थाहा पाए।

उनले सो निशुल्क खोपलाई नेपाल लैजाने प्रयास शुरु गरे। उनलाई अमेरिकाको ओहायोमा बसेर स्वास्थ्य सेवामै काम गरिरहेका डाक्टर दामोदर पौडेलले साथ दिए।

ज्ञवाली र डा.पौडेलले मिलेर मोडर्नाको सो निशुल्क खोप नेपाल लैजानले प्रयत्न शुरु गरेका थिए। यो कार्यमा अमेरिकास्थित नेपाली राजदूत प्राध्यपक श्रीधर खत्रीले समेत साथ दिएका थिए।

तर, यो प्रयास सार्थक हुन सकेन। सिंगापुर सरकारलाई तीन हप्ता झुलाएर नेपाल सरकार स्वास्थ्य मन्त्रालले आफ्नो मातहतको टेक्निकल टिमले तत्काललाई सो मात्राको खोप आवश्यक नभएको भन्दैले सहयोगको इच्छा देखाएकोमा धन्यवाद दिएर खोप लिन अस्वीकार गरेको जानकारी पठायो।

यसबारे पटक पटकको सम्पर्कको प्रयासपछि डा.पौडेलले आफूहरुले नेपाल र नेपालीका लागि सहयातकाको खोप उपलब्ध गराउन प्रयत्न गरेको बताए। कोभिडविरुद्धको सो खोप नलिने कारण आफूलाई थाहा नभएको भन्दै उनले विस्तृत कुरा नेपाल सरकार स्वास्थ्य मन्त्रालयमै बुझ्न उपयुक्त हुने बताए।

डा. पौडेल यसअघि पनि अमेरिकी सरकारसँग व्यापक लाविङ गरेर अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन लागिपरेका व्यक्ति हुन्। नेपाललाई खोप अति आवश्यक रहेको भन्ने बारेमा आफूलाई डा.पौडेलले भनेको भन्दै अमेरिकाले सहायता गर्नुपर्छ भनेर अमेरिकी संसदको खोप उपसमितिमा समेत एकजना सांसदले कुरा उठाएका थिए।

त्यसबेला ती सांसदले बोलेको सो भिडियोसमेत सार्वजानिक भएको थियो। यसको केही हप्तामै अमेरिकाले गतबर्ष नेपाललाई खोप उपलब्ध गराएको थियो।

नेपालबाट मदन कोइरालाको सहयोगमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *