दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

डिसी नेपाल
८ वैशाख २०७९ ७:३२
468
Shares

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ। कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन्। बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए। कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन्। संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो। मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो।

कोरोना महामारी सुरु भएदेखिअहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *