नयाँ मिसाइल परीक्षणपछि पुटिनले भने- रुसका शत्रुले दुईपटक सोच्नेछन्
काठमाडौं । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसका शत्रुहरूले कुनै पनि काम गर्नुअघि ‘दुईपटक सोच्ने’ बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनलाई सेनाले पहिलो पटक सरमत मिसाइल परीक्षण गरेको जानकारी दिएको थियो ।
यो क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो र यो करिब ६००० किलोमिटर टाढा आफ्नो लक्ष्यमा खसेको थियो ।
लामो समयदेखि निर्माण हुँदै आएको सरमत मिसाइलको परीक्षण पश्चिमा देशका लागि अचम्मको विषय होइन ।
तर यो परीक्षण यस्तो समयमा गरिएको हो जब भूराजनीतिक तनाव चरम सीमामा छ र रुसले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरे पनि कुनै पनि प्रमुख सहर कब्जा गर्न सकेको छैन।
युक्रेनका रक्षामन्त्रीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
आठ साताअघि युक्रेनमा आक्रमण हुनुअघि पनि रुसी राष्ट्रपति पुटिनले चेतावनीमूलक स्वरमा भनेका थिए कि यदि कसैले रुसको बाटोमा आउन खोज्यो भने त्यसको परिणाम इतिहासमा अरु कसैले नभोगेको हुनेछ ।
त्यसको केही दिनपछि पुटिनले रुसको आणविक शक्तिलाई उच्च सतर्कतामा रहन भनेका थिए ।







डिसी नेपाल







Facebook Comment