आकाशमा उडिरहेको यात्रुवाहक विमान व्यस्त सडकमा खस्यो, पाइलटसहित ६ जनाको मृत्यु

डिसी नेपाल
८ वैशाख २०७९ १२:३४
220
Shares

काठमाडौं । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको व्यस्त सडकमा बुधबार एउटा सानो विमान दुर्घटना हुँदा पाइलटसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । पोर्ट–ओ–प्रिन्स विमानस्थलबाट दिउँसो ३:४४ मा विमान उडेको थियो । विमानको हाइटियन सहर ज्याकमेल जाँदा इन्जिन फेल भयो। हाइटियन नागरिक उड्डयन प्राधिकरणले बताएअनुसार विमानले बिहान ४:०४ मा आपतकालीन चेतावनी पठाएको थियो।

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले ट्वीटरमा पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । यद्यपि उनले मृतक वा घाइतेको संख्या भने खुलाएनन् । पीएम हेनरीले लेखेका छन्, “म यस घटनाबाट गहिरो दु:खमा परेका पीडित परिवारहरूप्रति समवेदना प्रकट गर्दछु।”

उक्त विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको इलाकाका मेयरले बताए । पाइलटको पनि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सरकारी स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा विमानको भग्नावशेष र दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सडकको बिचमा सँगै देखिएको छ । यो दुर्घटनाको भिडियो हाइटीकै भएको दाबी गरिएको छ । यद्यपि यो भिडियोको पुष्टि भने भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *