फिलिपिन्सका ११ वर्षीय किशोर जो २० घण्टासम्म फ्रिजमा बसेर पहिरोबाट जोगिए

डिसी नेपाल
८ वैशाख २०७९ १३:०१
1.6k
Shares

मनिला। फिलिपिन्सका एक ११ वर्षीय किशोर घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन्। न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए। त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो।

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए। आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए। नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो।

उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए। ‘मलाई भोक लागेको छ’ उद्दारपछि ती किशोरले भनेका थिए। उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन्।

मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *