ट्रम्पले अन्तरवार्तामा पत्रकारलाई थर्काए, बेइमान र मूर्ख भनेर गाली गरे अनि उठेर हिँडे

डिसी नेपाल
८ वैशाख २०७९ १३:३५
568
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पियर्स मोर्गनसँग चलिरहेको अन्तर्वार्ताबाट बाहिर निस्किएर हिँडेका छन् । सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा हारेको प्रश्नमा ट्रम्पले अन्तर्वार्ता छोडेर हिँडेका हुन् । वास्तवमा, ट्रम्प चाँडै मोर्गनको नयाँ शो ‘पियर्स मोर्गन अनसेन्सर्ड’ मा देखिनेछन्। अन्तर्वार्ताको प्रोमो रूपर्ट मर्डोकको टक टिभीमा देखाइएको थियो, जसमा पूर्व राष्ट्रपतिले मोर्गनलाई बेइमान र मूर्ख भनेका छन्।

अर्कोतर्फ, एनबीसी न्यूजका अनुसार, ट्रम्पका प्रवक्ताले पूर्व राष्ट्रपतिले अन्तर्वार्ताबाट वाकआउट नगरेको बताएका छन्। यो केवल एक मार्केटिंगको तरिका थियो । मोर्गनले ट्रम्पलाई २०२० को चुनाव निष्पक्ष भएको र उनले हारेको भनेका थिए । यो सुनेर ट्रम्प रिसाए । ट्रम्पले भने- मूर्खले मात्र यस्तो सोच्छ। यसपछि मोर्गनले ट्रम्पलाई मलाई मुर्ख भनिरहेको हो भनी सोधे । जसको जवाफमा ट्रम्पले हो भने ।

अन्तर्वार्तामा पूर्वराष्ट्रपतिले आफ्नो प्रतिरक्षा गर्दै आएका थिए । मोर्गनले ट्रम्पलाई भने कि उनले २०२० को चुनावमा धोखाधडी र धाँधलीको आरोप लगाएका थिए तर प्रमाण पेश गर्न असफल भए। जसमा ट्रम्पले भने–मलाई लाग्छ म तपाईभन्दा धेरै इमानदार छु ।

प्रोमोमा यसलाई ‘वर्षकै सबैभन्दा विस्फोटक अन्तर्वार्ता’ को रूपमा वर्णन गरिएको छ । विज्ञापनमा ट्रम्प सबै प्रश्न र उत्तरका क्रममा अन्तर्वार्ताबाट बाहिर निस्केको पनि देखिएका छन् । यस क्रममा उनले टिमका सदस्यहरूलाई क्यामेरा बन्द गर्न आग्रह गर्छन्। ७५ मिनेटको सो कार्यक्रम सोमबार राति ८ बजे मर्डोकको नयाँ टेलिभिजन कार्यक्रम टक टिभीको सुरुवातको दिनमा प्रसारण हुनेछ।

पियर्स मोर्गन डोनाल्ड ट्रम्पको रियालिटी शो ‘सेलिब्रेटी अपरेन्टिस’ को पहिलो विजेता थिए। यो शो २००४ मा टेलिभिजन मा देखाइएको थियो। पियर्सले १६ प्रतियोगीलाई हराएर शो जितेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *