रुसले युक्रेनको मारियुपोलमा आफ्नो पूर्ण नियन्त्रण भएको घोषणा गर्‍यो

डिसी नेपाल
८ वैशाख २०७९ १४:५८
576
Shares

काठमाडौं । रुसको सरकारी मिडियाले युक्रेनको मारिउपोल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मारियुपोलमा रहेको एजोभस्टार प्लान्टमा बम नबर्साउन आदेश दिएको पनि बताइएको छ ।

पुटिनले बरु आफूले सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन् । पुटिनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिंगा समेत प्रवेश गर्न नपरोस् भन्ने हिसाबले नाकाबन्दी गर्न भनेका छन् ।

रुसी सेनाका अनुसार यो स्टिल प्लान्ट बाहेक अहिले पूरै मारिउपोल सहर आफ्नो नियन्त्रणमा रहेको छ । यो स्टिल प्लान्ट त्यो ठाउँ हो जहाँ युक्रेनी लडाकुहरू छन् र कथित रूपमा एक हजार युक्रेनी नागरिकहरू पनि यहाँ कठिन परिस्थितिमा बसिरहेका छन्।

पुटिनले रक्षामन्त्री सर्गेई शोइगुसँगको कुराकानीमा यस्तो आदेश दिएका हुन् । पुटिनले मारिउपोलमा अपरेशनको सफलताको लागि रक्षामन्त्रीलाई बधाई दिए।

रक्षामन्त्री शोइगुले पुटिनलाई भने कि २,००० भन्दा बढी युक्रेनी लडाकुहरू अझै पनि प्लान्ट भित्र छन्। उनले यो प्लान्टबाहेक सम्पूर्ण मारियुपोल अहिले रुसको नियन्त्रणमा रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *