मजार-ए-शरीफको मस्जिदमा विष्फोट, २० जनाको मृत्यु ६६ घाइते, धेरैको अवस्था गम्भीर
काठमाडौं । अफगानिस्तानको मजार–ए–शरीफ सहरमा रहेको शिया मस्जिदमा बिहीबार दिउँसो एक आत्मघाती आक्रमण भएको छ । मिडिया रिपोर्टका अनुसार विष्फोटमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । ६६ जना घाइते भएका छन् । जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
प्रारम्भिक जानकारीका अनुसार यो हमला शे दोकन क्षेत्रको मस्जिदमा भएको हो । मजार-ए-शरीफलाई अफगानिस्तानमा व्यापारको लागि महत्त्वपूर्ण शहर पनि मानिन्छ। यो बाख प्रान्तको राजधानी हो।
यसअघि मंगलबार बिहान काबुलका २ विद्यालयमा ३ वटा विष्फोट भएको थियो । विष्फोटमा हालसम्म २५ विद्यार्थीको मृत्यु भइसकेको छ । बालबालिका विद्यालय बाहिर उभिरहेका बेला बम विष्फोट भएको हो ।
पहिलो विस्फोट राजधानीको मुमताज शैक्षिक केन्द्र नजिकै भएको थियो । यी विस्फोटहरू २० देखि २५ मिनेटको अन्तरमा भएका थिए। त्यसको केही समयपछि अब्दुराहिम शहिद हाईस्कुलमा बालबालिका कक्षाबाट बाहिर निस्कँदै गर्दा अर्को विष्फोट भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार बालबालिका विद्यालयबाट बाहिर निस्किँदै गर्दा विष्फोट भएको थियो । जानकारीका अनुसार अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यी आक्रमणको जिम्मेवारी लिएको छैन।
तालिबानले पछिल्ला दिनमा अफगानिस्तानका धेरै भागमा आफ्नो नियन्त्रण गुमाएको छ। यसमा बाख प्रान्त समावेश छ। इस्लामिक स्टेटले यहाँ कब्जा गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment