उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस

डिसी नेपाल
९ वैशाख २०७९ ६:४२

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि सोमबार बसेको सचिवालय बैठकले बिहीबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो ।

उम्मेदवार’bout थप अध्ययन गरेर शनिबारको सचिवालय बैठकबाट टुंगो लगाउने निर्णय बैठकले गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

सत्तारूढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गरेर उम्मेदवार टुंगो लगाउन पार्टीको आन्तरिक तयारीमा जुटेका बेला एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा बढी प्रभाव भएको उम्मेदबारको खोजीमा छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामा एकै चरणमा हुने निर्वाचन हुँदै छ ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नाम’bout छलफल भएको बताउँदै गुरुङले भने, ‘बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यांै । वैशाख १० गते ३ बजे बस्ने बैठकले उम्मेदवारका छनोट गर्ने निर्णय भएको छ ।’

बैठकमा महासचिव शंकर पोखरेलले ६ वटै महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम पेस गरेका छन् । पालिका हुँदै ती नाम सम्बन्धित प्रदेश कमिटीले निर्णय गरेर केन्द्रमा पठाएको थियो ।

गुरुङका अनुसार बैठकमा सिफारिस भएर आएको उम्मेदवारका आकांक्षी’bout थप छलफल एवं जित्न सक्ने व्यक्ति’bout अध्ययन हुँदै छ । वीरगन्ज, ललितपुर र भरतपुर महानगरपालिकामा एक जनाको मात्रै नाम सिफारिस भएको छ । अन्यमा भने थुप्रैको नाम आएको उनले बताए ।

बैठकले शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्र र पार्टी कार्यालय स्थापनाको विषयमा निर्णय गरेको छ । ‘पार्टी स्थापना दिवसको कार्यक्रम’bout निर्णय भयो । जसअनुसार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्ने, त्यसपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने र कम्युनिस्ट योद्धालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ’ गुरुङले भने ।

एमालेले गण्डकी प्रदेश सभा सदस्यलाई मेयरमा टिकट नदिने निर्णय गरेसँगै पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका तीन जना ‘रिङ आउट’ हुने भएका छन् । यससँगै, एमालेबाट पोखराको मेयरमा आकांक्षा राखेका गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा, राजीव पहारी र मीना गुरुङले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

‘गण्डकीको हकमा, गण्डकीमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गण्डकीको कुनै पनि प्रदेश सभा सदस्यलाई यसपटक स्थानीय तहको चुनावमा अगाडि सार्दैनौं’ प्रवक्ता गुरुङले भने ।

उनले गण्डकी प्रदेश सभामा आफूहरूको २७ सिट रहेको भन्दै सरकारलाई समर्थन गरिरहेको कुनै दलले फिर्ता लियो भने सरकार परिवर्तनको सम्भावना रहेको बताए । यस्तै, निर्णय लुम्बिनीमा पनि गर्न सकिने उनको भनाइ छ ।

‘जहाँ जहाँ सम्भावना छ, त्यसो गर्न सक्छौं,’ उनले भने, ‘बाग्मतीमा त्यस्तो सरकार बनिहाल्ने नजिकको सम्भावना छैन । कम भएको ठाउँमा त्यस्तो निर्णयमा बाँधिदैनौं ।’

प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तहको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा), एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरमा लोसपासँग चुनावी तालमेल गर्ने निर्णय गरेको एमालेले अन्य पालिकामा निर्णय गर्न बाँकी नै रहेको छ ।

एमालेबाट सिफारिस भएका महानगरीय उम्मेदवारका आकांक्षी यस्ता छन्,

काठमाडौं महानगरपालिका

मेयर : संघीय सांसद रामवीर मानन्धर, मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त
उपमेयर : सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले

ललितपुर महानगरपालिका
मेयर : हरिकृष्ण व्यञ्जनकार
उपमेयर : मञ्जली शाक्य

पोखरा महानगरपालिका
मेयर : दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारी

उपमेयर : विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना

भरतपुर महानगरपालिका
मेयर : विजय सुवेदी
उपमेयर : खाली छ

वीरगन्ज महानगरपालिका
मेयर : विजय सराबगी
उपमेयर : खाली छ

विराटनगर महानगरपालिका
मेयर : रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयर : शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय शिला

उपमहानगरपालिकामा उम्मेदवारका आकांक्षी यस्ता छन्,

इटहरी उपमहानगरपालिका मेयर : हालका मेयर द्वारिकलाल चौधरी

उपमेयर : लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे, अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेल

धरान उपमहानगरपालिका
मेयर : मञ्जु भण्डारी, मनोजकुमार मेयांबो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्के

उपमेयर : सुशीला पहाडी, लहरू जिमी, पदम इस्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राई

कलैया उपमहानगरपालिका
मेयर : विनोद साह, रविन्द्रदास श्रेष्ठ, कलाम उदिन, भवानी दुलाल

जनकपुर उपमहानगरपालिका
मेयर : शिवशंकर साह (हिरा)

हेटाैंडा उपमहानगरपालिका
मेयर : वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल, गणेशकुमारी प्रधान

उपमेयर : इन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठक

जितपुर–सिमरा उपमहानगरपालिका
मेयर : काशीसन हुसेन, सरस्वती चौधरी, राधेश्याम शिवाकोटी, मनोज पौडेल, भरत घले, विश्वनाथ लामिछाने, अनिल मैनाली, प्रह्लाद साह, माधव चौधरी

बुटबल उपमहानगरपालिका

मेयर : हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई

उपमेयर : टंक पराजुली, खेम लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापा

घोराही उपमहानगरपालिका
मेयर : नरुलाल चौधरी र सीता सिग्देल न्यौपाने

उपमेयर : हिरा पुन र हुमा डिसी

तुलसीपुर उपमहानगरपालिका

मेयर : टीकाराम खड्का, कृष्णप्रसाद भुसाल र माया आचार्य

उपमेयर : स्यानी चौधरी

नेपालगन्ज उपमहानगरपालिका

मेयर : पशुपति दयाल मिश्र

उपमेयर : शान्ति ढकाल

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *