सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

डिसी नेपाल
९ वैशाख २०७९ १०:२२
80
Shares

काठमाडौं। बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन्। १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन्।

१२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए।

उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन्। बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *