सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर तामाङले दिए राजीनामा

डिसी नेपाल
९ वैशाख २०७९ १९:१५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख विजयी तामाङले आज पदबाट राजीनामा दिएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पुनस् उम्मेदवार बन्नका लागि उनले पदबाट राजीनामा दिनु पर्ने भएको हो । नगर प्रमुखका लागि उनी फेरि पार्टीबाट सिफारिस भएका छन् ।

निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ । वैशाख ११ र १२ गतेका लागि उम्मेदवारी दर्ताको समय छुट्याइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *