बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा

डिसी नेपाल
१० वैशाख २०७९ ६:१९

बुटवल। लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । २०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ । उता गठबन्धनवाटै बुटवलको प्रमुख पद पाएको नेपाली कांग्रेस एमाले किल्ला तोड्ने दाउमा छ । तर दुबै दललाई आ आफ्ना चुनौती भने संग संगै छन् । नेकपा एमाललेलाई गठबन्धनको त्रास छ भने एमालेबाट फुटेर बनेको नेकपा एककिृत समाजवादीले बुटवलको विरासत जोगाउन चुनौती दिईरहेका छन् ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीको गठबन्धनलाई चिरेर बुटवलमा नतिजा दोहोर्याउने दाउमा रहेको एमालेले उमेदवार छनोटलाई अन्तिम रुप दिन वाँकी छ । मजवुत गठबन्धन भएसंगै एकिकृत समाजवादीले काट्ने भोटले नतिजा तलमाथी हुने आंकलन गरिएको छ । २ हजार ३ सय ९४ मतले चुनाव जितेको एमालले बुटवलको नतिजा आफ्नो पक्षमा पार्न आक्रामक चुनावी शैली अपनाउने तयारी अघि बढाएको छ ।

त्यसो त गठबधन्धवाट बुटवलमा मेयर पाएको कांग्रेस आन्तरिक विवादमा फर्सेको छ । एकिकृत समाजवादीलाई उपमेयर दिएर चुनावी मैदानमा उत्रिने अन्तिम तयारीमा रहेको कांग्रेसलाई पार्टिका क्षेत्रिय सभापती हरि लम्सालको राजिनामा देखि नगर सभापती खेलराज पाण्डेको एकल सिफारिसले टाउको दुखाईको विषय बनेको छ । टिकट कसलाई दिने भन्ने विषय नटुगिंदै कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो । जसका कारण पनि कांग्रैसलाई बुटवलको चुनावी परिणामले झस्काएको छ ।
बुटवल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो । सोही कारण एमालेलाई पनि बुटवल प्रतिष्ठाको विषय छ ।

कांग्रेसका क्षेत्रीय सभापती लम्सालको राजिनामा

बुटवल उपमहानगरपालिकाले मेयरको उमेदवार सिफारिस गर्ने क्रममा नगर सभापती खेलराज पाण्डेको मात्र नाम सिफारिस गर्यो । नगर समितिले गरेको सिफारिस क्षेत्रिय समितिलाई बुझाउनुको सट्टा जिल्लामा पढाईएको भन्दै क्षेत्रिय सभापती हरि लम्साल सहित कांग्रेसका १७ जना नेताले त्यसको विरुद्धमा कांग्रेसको प्रदेश र जिल्लामा विरोध पत्र बुझाए । त्यसको ती दिन पछि क्षेत्रिय सभापती लम्सालले नगरसमितिको पुर्वाग्रही सिफारिस तथा जिल्ला र केन्द्रले न्याय प्रदान नगरेको भन्दै पार्टिको साधारण सदस्य नरहने गरि राजिनामा बुझाए । उनि मेयर पदका आकाक्षी थिए । उनको राजिनामा संगै मेयरको उमेदवार खेलराज पाण्डे मात्र हुने कांग्रेसका कतिपय नेताले गरेका छन् ।

एमालेमा टिकट वितरणमा सकस

नेकपा एमालले बुटवलको मेयर पदको टिकट वितरणको टुगो लगाउन सकेको छैन । पार्टिको नगर समितिले ७ जना आकाक्षींको नाम माथिल्लो कमिटिमा पढाएको थियो । तर उनीहरु मध्ये वाहालवाला मेयर शिवराज सुवेदी, वावुराम भट्टराई र गोपाल राना अन्तिम दौडमा रहेका छन् । उनीहरु मध्ये टिकट कसले पाउने भन्ने विषयमा कार्यकर्ताहरुमा पनि निकै उत्सुकता रहेको छ । सुवेदी अलोकप्रिय रहेको टिप्पणी पार्टि भित्रै उठेको छ भने राना विष्णु पौडेका नजिकका व्यक्ति हुन् भने भट्टराई बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
गएको निर्वाचनमा मेयरमा नेकपा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ ल्याएका थिए । सुवेदी र पाण्डेको मत २ हजार ३९८ को अन्तर थियो ।

एमाले पार्टी विभाजनले खासै असर नगरेको भन्दै आक्रामक रूपमा निर्वाचनमा होमिएको छ । तर, यो पटकको निर्वाचन जित्न सबैले रुचाएको र कार्यकर्तामाझ भिजेको उम्मेदवार छान्न एमालेसामु चुनौती छ । एमाले बुटवलमा आफ्नो विरासत गुमाउन चाहँदैन । एमालेले २०५६ देखि कुनै निर्वाचन गुमाएको छैन । एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवलमा एमालेको संगठन बलियो भएकाले जुनसुकै गठबन्धन आए पनि सहजै जित्ने दाबी गरे । पार्टी विभाजनपछि पनि बुटवलमा एमाले सग्लो रहेको उनको भनाई छ ।
१९ वटा वडा रहेको बुटवलमा २४ हजार मतदाता बढेका छन् । गएको निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६७ पुगेका छन् ।

एकीकृत समाजवादीले उपमेयरमा छान्यो

मेयर पदमा दावी गरेपनि गठबन्धनवाट एकिकृत समाजवादीले उपमेयर पाएको छ । सो पदमा पार्टीका नगर अध्यक्ष चिन वहादुर गुरुङलाई पठाउने भएको छ । पार्टीको केन्द्रिय निर्णय अनुसार गुरुङलाइलाई उपमेयर सिफारिस गरिएको सो पार्टिका जिल्ला अध्यक्ष राजु गुरुङले बताए । यस अघि एमालेवाट वडा सदस्यमा चुनाव जितेका गुरुङलाई पार्टीले उपमेयर बनाएको हो । यातायात व्यवसायी हुर्दै विभिन्न संघ संस्थामा रहेर काम गरेका गुरुङलाई उपमेयरमा टुङगो लगाए पनि गठबन्धन अन्तरगत नेपाली कांग्रेसले मेयर पदको छिनोफानो नगर्दा अन्योल कायमै रहेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *