रुस–युक्रेन युद्धमा भारतले साथ नदिएको विषयमा भारतमै आएर बेलायती प्रधानमन्त्रीले के भने ?

डिसी नेपाल
१० वैशाख २०७९ १०:२८
2.1k
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले युक्रेन युद्धको क्रममा पुटिनसँग धेरै पटक कुरा गरेको र रसियालाई युद्धबाट बाहिर निस्कन आग्रह गरेको बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जोनसनले मोदीसँगको विस्तृत छलफलपछि पत्रकारहरूसँग यस्तो बताएका हुन् । जोनसनले युक्रेनको बुचामा भएको घटनाप्रति मोदीको प्रतिक्रिया एकदमै बलियो भएको र सबैले रुससँग भारतको दशकौं पुरानो ऐतिहासिक सम्बन्धलाई सम्मान गरेको बताए।

बेलायतका प्रधानमन्त्री जोन्सनलाई युक्रेनमा रुसको आक्रमण रोक्न मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरेको हो कि भनेर सोधिएको थियो।

प्रधानमन्त्री जोनसनले युक्रेनको राजधानी किभमा रहेको बेलायती दूतावास अर्को साता खोल्ने घोषणा पनि गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणमा बेलायत र उसका सहयोगीहरू चुप नबस्ने बताए ।

उनले भने – यो स्पष्ट छ कि मोदीले धेरै पटक हस्तक्षेप गरे र रुसी राष्ट्रपति पुटिनलाई उनले यस पृथ्वीमा के गर्दै छन् यो कहाँ जान्छ भन्ने कुरा बताए।

उनले भने, “भारतीयहरू युक्रेनमा शान्ति चाहन्छन् र रुस त्यहाँबाट बाहिर निस्कियोस् भन्ने चाहन्छन् र म यसमा पूर्ण रूपमा सहमत छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *