१८ अर्ब ६० करोडको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

डिसी नेपाल
१२ वैशाख २०७९ ६:३८

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिने र ९१ दिन गरी गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत बिना प्रतिस्पर्धात्मक प्रणालीमार्फत वितरण गरिने बैंकले जनाएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *