ऐसेलुखर्कमा दुई स्वतन्त्रसहित ६ जनाको उम्मेद्वारी दर्ता

डिसी नेपाल
१२ वैशाख २०७९ २१:१०

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा दुई स्वतन्त्रसहित छ जनाको उम्मेद्वारी दर्ता भएको छ । उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ ।

गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई, एमालेबाट गिरेन्द्रबहादुर राई र राप्रपाकातर्फबाट बिष्णु निरौलाको मनोनयन दर्ता भएको छ ।

यस्तै, कांग्रेसका सन्तवीर तामाङ र खगेन्द्र वनको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको ऐसेलुखर्क गाउँपालिकाका निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

उपाध्यक्षमा गठबन्धनकोतर्फबाट राजेश राजभण्डारी, एमालेकातर्फबाट पुष्पकला भुजेल र राप्रपाकोतर्फबाट डोल्मा राजभण्डारीको मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा ७ वडाध्यक्षका लागि २४ जना, महिला सदस्यका लागि १९ जना, दलित महिला सदस्यका लागि १८ जना र खुला वडासदस्यका लागि ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *