इलामको सन्दकपुरमा गाउँपालिकामा एमालेका जिल्ला सचिवनै बागी उम्मेदवार

डिसी नेपाल
१२ वैशाख २०७९ २१:२१

इलाम । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

राईले सोमबार मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

गुरुङले सोमबारनै जिल्ला कमिटिको सचिवबाट राजीनामा दिएका छन् । गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए ।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन् । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *