नार्पाभूमिको उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध

डिसी नेपाल
१४ वैशाख २०७९ ७:१५
104
Shares

लमजुङ। मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन्।

उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन्। नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन्।

एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताए। वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदवारी परेको छ। एमाले समर्थित तर स्वतन्त्रबाट वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याङ्जे लामा र वडा नम्बर ५ को अध्यक्षमा सोनाम तेजे लामाको एकल उम्मेदवारी परेको छ । वडा नम्बर २ मा फुन्जो पासाङ लामा र फुन्चोक बाङ्गे लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

वडा नम्बर ३ को अध्यक्षमा पेम्बा फुन्जो लामा, साङ्बो ठिमी लामा (महिला) र लाक्पा छेवाङ लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट साङ्गे धावा लामाले उम्मेदवारी दिएका छन्। नार्पाभूमिमा २७ जना जनप्रतिनिधि चुनिनुपर्नेमा २६ जनाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ।

चार गाउँपालिका रहेको मनाङमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उमेद्ववार गरी १६ जनाकोे एकल उम्मेदवार परेको छ। मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गरिने बताए। चार गाउँपालिका रहेको मनाङमा २ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *