बलात्कारको उजुरी दिन आएकी बालिकालाई प्रहरी प्रमुखले चौकीमै फेरि बलात्कार !

डिसी नेपाल
२१ वैशाख २०७९ १३:४७

काठमाडौं । उत्तर प्रदेशको ललितपुरमा १३ वर्षीया दलित बालिकालाई प्रहरी चौकीमा नै बलात्कार गरेको थाना प्रमुखमाथि आरोप लागेको छ ।

बालिकालाई मध्यप्रदेशको राजधानी भोपालमा पहिले गाउँका चार युवाले सामूहिक बलात्कार गरेको आरोप छ । त्यसपछि बालिका ललितपुरको प्रहरी चौकी पालीमा पुगेपछि प्रहरी चौकीका कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ । बीबीसी हिन्दीका अनुसार ललितपुरका एसपीका अनुसार अभियुक्त एसएचओ तिलकधारी सरोज फरार रहेको र उनलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ ।

यस घटनाको एफआईआर पहिलो पटक मार्च ३ मा दिउँसो २ बजे दर्ता भएको थियो, जसमा बलात्कारका धाराहरूसहित पोक्सो ऐन र एससी/एसटी ऐनका धाराहरू लगाइएको थियो। यसमा गाउँका चार युवा चन्दन, राजभान, हरिशङ्कर, महेन्द्र चौरसिया बालिकाकी सानीमा र प्रहरी चौकी पालीका एसओ तिलकधारी सरोजलाई आरोपी बनाइएको छ । आरोपितले बालिकालाई अप्रिल २२ मा प्रलोभनमा पारी लुकाएर भोपाल ल्याई तीन दिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

गत २६ मार्चमा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकीका इन्चार्जकहाँ छाडेर भागेको पनि आरोप छ । एफआईआरका अनुसार इन्स्पेक्टरले बालिकालाई उनकी सानीमाको जिम्मा लगाएका थिए । सानीमाले बालिकालाई उनलाई भगाएर लैजाने युवक चन्दनकी दिदीलाई दुई दिनसम्मको लागि सुम्पेकी थिइन्।

एफआइआरमा लेखिएको छ कि बालिकालाई अप्रिल २७ गते बयानका लागि प्रहरी चौकीमा ल्याइयो र “साँझ परेपछि उनकी सानीमाले बालिकालाई स्टेशन अध्यक्ष तिलकधारी सरोजकहाँ लिएर गइन् । त्यसपछि थाना प्रमुखले कोठामा लगेर बालिकालाई बलात्कार गरेको आरोप छ ।

त्यसपछि बालिकालाई फेरि सानीमाको जिम्मा लगाइयो । एफआईआरका अनुसार यस घटनाको बारेमा बालिकाका अभिभावकलाई कुनै जानकारी दिइएको थिएन। बालिकालाई ३० अप्रिलमा फेरि प्रहरी चौकीमा ल्याइएपछि उनलाई चाइल्डलाइन नामक एनजीओमा सुम्पिएको थियो र त्यसपछिको काउन्सिलिङमा बालिकाले यी सबै कुरा बताइन् ।

घटनाबारे थप जानकारी दिँदै ललितपुरका एसपी निखिल पाठकले भने, ‘प्रहरीले यो कुरा बुझेर एफआइआर दर्ता गरेको छ, यसमा केही व्यक्तिको मात्रै नाम छ । हामीले एकजना अभियुक्तलाई पक्रेका छौँ, उनीसँग सोधपुछ जारी छ । यसबाट बाँकी अभियुक्तको खोजीका लागि टोली पनि बनाएका छौँ, उनीहरुलाई पनि छिट्टै पक्राउ गरिनेछ ।”

एसपी निखिल पाठकले स्टेसन इन्चार्ज तिलकधारी सरोजलाई तत्काल निलम्बन गरेको पनि बताए । उनीहरुलाई पक्राउ गर्न टोली गठन गरी छापा मारिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *