मोडलले प्लेब्वाय म्यागजिनलाई फोटो पठाएपछि जंगिएका पुटिनले बर्खास्त गरिदिए

डिसी नेपाल
२१ वैशाख २०७९ १५:१३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा जारी युद्धलाई लिएर लगातार चर्चामा छन् । विश्वव्यापी आलोचना भए पनि रुसी राष्ट्रपति आफ्नो अभियानमा अडिग छन् ।

पुटिनको कडा प्रशासनले एक पटक रुसी सरकारी कर्मचारीलाई वयस्क म्यागजिन प्लेब्वायमा नग्न तस्बिरहरू पठाएको कारण बर्खास्त गरेको खुलासा भएको छ। यी महिलाको नाम अन्ना अनुफ्रीवा हो र उनका यी तस्विरहरू उनका हाकिमले संयोगवश देखेका थिए । जागिरबाट निकालिएपछि उनी घरबारविहीन भइन् ।

अन्ना अनुफ्रिभाले २७ वर्षको उमेरमा उनको जीवनमा आँधी आएको बताइन् । प्लेब्वायमा पठाइएका तस्विरहरू देखेर पुटिनका निजामती कर्मचारीहरू हाकिम मात्र रिसाएनन्, उनका परिवारका सदस्यहरू पनि निकै रिसाएको उनले बताइन् । यसले अन्नालाई बिरामी बनायो तर नग्न तस्विर खिचेकोमा उनलाई कुनै पछुतो छैन।

रुसको साइबेरियाको ट्युमेनमा बस्ने अन्नाले आफू पुरै देशको अगाडि लज्जित हुनुपरेको बताइन् । जागिर गुमाएकाले घर बेच्नुपरेको अन्नाले बताइन् । उनले नयाँ जागिर पनि पाइनन्, उनको प्रेमी पनि थिएन । यो उनले अपराध गरेझैँ भएको थियो। अन्ना अहिले यो खराब अवस्थाबाट बाहिर आएकी छिन् र इन्स्टाग्राममा नयाँ तस्विर पोस्ट गरिरहेकी छिन् ।

अन्नाले भनिन् कि यी नग्न तस्विरहरु बाहिर आएपछि उनका बुवाले बोल्न बन्द गरे । कसैले उनलाई काममा राख्न चाहेनन्। उनले मोडल, अभिनेत्री र फिटनेस कोचलाई मात्र आफ्नो शरीर देखाउने अधिकार छ ? भनेर प्रश्न गरिन् । अन्ना रसियाको गोप्य सरकारी सेवामा थिइन् र पुटिनको लागि काम गर्दा उनले प्लेब्वाय म्यागजिनले आयोजना गरेको अनलाइन प्रतियोगितामा आफ्ना नग्न तस्विरहरू पठाएकी थिइन्।

यी तस्बिरहरू प्लेब्वायको आगामी वार्षिक क्यालेन्डरका लागि थिए। अन्नाले आफूलाई नग्न फोटोग्राफी मन पर्ने बताइन् । उनले महिलाको नग्न तस्विरको मजा लिनुहोस्, समीक्षा नगर्नुहोस् भनिन् । अन्नाले शीर्ष प्रतियोगीहरूमा आफ्नो स्थान बनाउन सकिनन् तर उनलाई यसमा गुनासो छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *