श्रीमान एमालेबाट श्रीमती कांग्रेसबाट चुनाव लड्दै

डिसी नेपाल
२२ वैशाख २०७९ ६:१७
4.8k
Shares

महेन्द्रनगर । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा श्रीमान–श्रीमती बिच रोचक भिडन्त हुने भएको छ । जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा काँग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दिप उपाध्याय वडा सदस्य पदका लागी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ।

सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् । फरक पाटी भएपनि एक आपसमा सौहार्दतापुर्व तरिकाले उपाध्याय दाम्पती चुनावमा होमिएका छन ।

उम्मेदवार सन्दीपले दुई बिवाह गरेका हुन । कमला सन्दीपकी जेठी श्रीमती हुन् । काँग्रेसबाट वडा सदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान श्रीमती घर बाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताईन । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर रातीमात्रै घरमा आईपुग्छन ।

जेठी श्रीमती र आफु उम्मेदवार बने पछी कान्छी श्रीमतीले घर गृहस्थी धान्दै आएकी छिन । दुबै जना श्रीमान श्रीमती उम्मेदवार भैहाल्यौँ दुवै जना बिहानै घरबाट आ–आफ्नो पार्टीको चुनावको प्रचारप्रशारमा जान्छौँ, ‘कमलाले भनिन, ‘हामी दुबैको पार्टी फरक छ, घरमा हामी श्रीमान श्रीमती भएपनि आ–आफ्नो लागी भोट माग्न हिडेका छौँ’ । उनले भनिन ।

एमालेमा आवद्ध सन्दिपले विभिन्न संघसंस्थामा काम गरिसकेका छन् । उनले आफू र टिमको जित सुनिश्चित भएको दाबी गरेका छन् । कमलाले पनि रेडक्रस सोसाइटी लगायत विभिन्न संघसस्थामा काम गरिसकेकी छिन् । काँग्रेस संघीय क्षेत्र नम्बर (ख) की क्षेत्रिय सदस्य समेत रहेकी उनी वडा नम्बर ७ मा काँग्रेस भारी मतले विजयी हुने दाबी गर्छिन् । वडामा विजयी भए वडाको विकास गर्ने दुवैको चुनावी एजेण्डा छ । राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *