पल र आंचलको ‘पल्केँ तिम्रो मायामा’ सार्वजनिक

डिसी नेपाल
२२ वैशाख २०७९ १०:२६
160
Shares

काठमाडाैं। गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन्।

एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ।अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन्। गीतको ओरिजिनल गायक भने कमल किरण हुन्।

विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *