युरोपेली संघले यस वर्षको अन्त्यसम्म रूसबाट तेल किन्न बन्द गर्ने

डिसी नेपाल
२२ वैशाख २०७९ १०:३३

काठमाडौं । युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्नेछ । यसअन्तर्गत यस वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिने भएको छ । योसँगै रुसको सबैभन्दा ठूलो बैंक सबरबैंकलाई स्विफ्ट वित्तीय प्रणालीबाट हटाउने निर्णय पनि भएको छ ।

यी प्रतिबन्धहरूको सन्दर्भमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनले भनिन् कि युरोपेली संघले आगामी छ महिनामा रूसबाट कच्चा तेल आयात गर्न बन्द गर्नेछ।

यसपछि सन् २०२२ सम्ममा परिष्कृत उत्पादनको आयात पनि पूर्णरुपमा बन्द हुनेछ । रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय युरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ ।

युरोपेली संघका अनुसार सबरबैंक बाहेक, रूसको क्रेडिट बैंक मस्को, रूसी कृषि बैंक पनि स्विफ्ट प्रणालीबाट हटाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *