रुसले युक्रेनविरुद्ध ‘पूर्ण युद्ध’ घोषणा गर्ने पश्चिमी देशको दावी ‘बकवास’
काठमाडौं । रुसले ती अनुमानलाई ठाडै अस्वीकार गरेको छ, जसमा रुसले आगामी दिनमा युक्रेनमाथि ‘फुल-अन आक्रमण’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्ने दाबी गरिएको छ। रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ।
तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनमा जारी आफ्नो आक्रमणलाई विशेष सैन्य अभियानको रूपमा वर्णन गरेको छ। तर पश्चिमी देशका अधिकारीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय परेडको दिन मे ९ मा सैन्य कारबाही बढाउने घोषणा गर्न सक्ने अनुमान गरेका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्पष्ट पारेका छन् कि “यी अफवाहहरूमा कुनै सत्यता छैन”। बेलायतका रक्षा सचिव बेन वालेसले गत हप्ता युक्रेनमा विजय परेडको दिनमा नयाँ सैन्य कारबाहीको घोषणा गर्न सकिने बताएका थिए।
उनले एलबीसी रेडियोलाई भने, ‘मलाई अचम्म लाग्ने छैन र मलाई यस सम्बन्धमा कुनै जानकारी छैन । यस सम्बन्धमा जे स्पष्ट हुन्छ त्यो आगामी मे महिनामा स्पष्ट हुनेछ ।’
धेरै रिपोर्टहरूले दावी गर्छन् कि मस्कोले वार्षिक परेडको दिनमा दक्षिणी युक्रेनको मारिउपोलमा थप सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यी कुराहरूमा विराम लगाउने प्रयास गरेका छन्, जसमा रुसले मे ९ मा युक्रेन विरुद्ध पूर्ण युद्ध लड्ने भनिएको थियो। मे ९, १९४५ मा रुसले नाजी जर्मनीलाई जितेको थियो ।
तर त्यहाँ रिपोर्टहरू छन् कि रूसले त्यस दिन मारियोपोलमा विजय दिवस समारोह आयोजना गर्न सक्छ।







डिसी नेपाल







Facebook Comment