हावा भर्ने क्रममा डोजरको टायर फुट्दा २ जनाको मृत्यु, हेर्नुहोस् मुटु कमाउने भिडियो

डिसी नेपाल
२२ वैशाख २०७९ १४:०४

काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरबाट एउटा डरलाग्दो भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा जेसीबीको टायरमा हावा भर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । यो पूरै घटनाको भिडियो सीसीटीभीमा कैद भएको छ, जसलाई देखेर सबैको सातो गएको छ । हावा भर्दा दुई युवाको प्रत्यक्ष मृत्यु यो भिडियोमा देख्न सकिन्छ ।

रायपुरको सक्सेस फेज २ स्थित घनकुल स्टिलमा जेसीबीको टायरमा हावा भर्ने क्रममा टायर फुट्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको नाम राजपाल सिंह र प्रान्जल नामदेव रहेको छ । दुवैको घटनास्थलमै मृत्यु भयो । मृतक दुवै मध्यप्रदेश सतनाका बासिन्दा हुन् । घटना सिलतारा चौकी क्षेत्रमा भएको हो ।

भिडियोमा एक व्यक्ति टायरको माथि बसेर हावा भरिरहेका छन् । अर्को व्यक्ति नजिकै आएर टायरमा फलामले हानेर हावा जाँचेर पछि हट्छन् । तेस्रोले टायर छोएर जाँच गर्छन् । त्यही समयमा टायर फुट्छ। टायर वरपर रहेका दुबै जना हावामा उछिट्टिएको देखिन्छ । दुवैको घटनास्थलमै मृत्यु भयो ।

घटना रायपुरको सिलतारा क्षेत्रको हो । यहाँको प्लान्टमा जेसीबीको टायरमा हावा भरिएको थियो । जेसीबीको टायरमा २ जनाले हावा भरिरहेका थिए तर त्यही क्रममा टायर पड्किएर फुटेको थियो । टायरमा बसेर हावा भरिरहेका दुवैजना त्यसमा परे र दुवैको टाउको क्षत विक्षत भयो । यो घटनाको सीसीटीभी फुटेज पनि अहिले भाइरल भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा राजपाल र प्राञ्जल मिटर पर उछिट्टिएका थिए र विस्फोटबाट दुवैको टाउको फुटेर पीडादायी मृत्यु भएको थियो । दुवै मूल रूपमा मध्य प्रदेशको सतनाका बासिन्दा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *