चीनमा स्वाब नमूना लिइएको भाइरल भिडियोमा के छ ?
बेइजिङ। चीनमा मानिसहरु कोरोना भाइरसभन्दा पनि लकडाउनबाट धेरै डराउँछन् । सांघाई र अन्य ठाउँहरूबाट सार्वजनिक भएका भिडियोहरूले समेत यसको पुष्टि गर्छन् । ट्विटरमा सार्वजनिक भएको एउटा भिडियोमा एक जना महिलालाई लडाएर एक पुरुषले जबरजस्ती कोभिड परीक्षण गरेका देखिन्छन् ।
भिडियोमा महिला परीक्षण केन्द्रको भुइँमा सुतिरहेकी देखिन्छिन् भने उनको माथि एक पुरुष छन् । उनी चिच्याइरहेकी छिन् र जबरजस्ती परीक्षणको प्रतिरोध गर्न कोसिस गर्दैछिन् । तर, ती पुरुषले उनको हातलाई आफ्नो घुँडामुनि तानेर बलपूर्वक समाउछन् ।
त्यसपछि उसले जबरजस्ती महिलाको मुख खोल्छन् र सुट लगाएका एक स्वास्थ्यकर्मीले उनको स्वाब नमूना लिन्छन् । भिडियोलाई लिएर इन्टरनेटमा चर्को विरोध भएको छ । एक प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘यो सबै दुःखद छ । बिल्कुल असहनीय छ ।’
अन्य प्रयोगकर्ताहरूले पनि यस्ता थप भिडियोहरू पोस्ट गरेका छन् । एउटा भिडियोमा चिनियाँ स्वास्थ्यकर्मीहरू अनिवार्य कोभिड परीक्षणको लागि गत महिना जबरजस्ती एक वृद्धको घरमा प्रवेश गरेका थिए ।
这个强行检测姿势应该让全世界看一看🤬😡 pic.twitter.com/PUwnfCXF4t
— 浩哥i✝️i🇺🇸iA2 (@S7i5FV0JOz6sV3A) April 27, 2022
Facebook Comment