‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ। यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ। रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गरेका हुन्। गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ।
‘यस्तै मायाको यो मौसम फेरि आउला, न आउला’, ‘दिलमा उस्तै प्रेमको आभास होला, नहोेला’, ‘भेटी नै सकियो त हामी साथ नछुटोस्’, ‘पाइसकेको यो मौका फेरि नगुमोस्’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन्।
मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय हेर्न सकिन्छ। इलाम र झापाका मनोरम दृश्यमा सुजन श्रेष्ठले भिडियोको छायाङ्कन गरेका हुन् । दिन्शन शाहले भिडियो सम्पादन गरेका हुन्। मोडल सुधीरको युट्युब च्यानल ‘सुधीर श्रेष्ठ सिर्कार’ मार्फत् भिडियो सार्वजनिक गरिएको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment