साउथ सुपरस्टार महेश बाबुले भने – बलिउडले मलाई अफोर्ड गर्न सक्दैन

डिसी नेपाल
२७ वैशाख २०७९ ११:३२
6.7k
Shares

काठमाडौँ। साउथका सुपरस्टार महेश बाबु आफ्नो एक बयानका कारण चर्चामा छन्। अभिनेताले भर्खरै आदिवी शेषको फिल्म मेजरको ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो बलिउड डेब्यूको बारेमा आफ्नो धारणा राखेका थिए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिन्दी फिल्म उद्योगले आफूलाई धान्न नसक्ने भएकाले हिन्दी फिल्ममा काम गरेर समय खेर नफाल्ने बताए।

हिन्दी फिल्मको बारेमा कुरा गर्दै महेश बाबुले भने–‘मलाई हिन्दी फिल्मबाट धेरै अफर आउँछन्, तर मलाई लाग्दैन कि उनीहरूले मलाई अफोर्ड गर्न सक्छन्। म यस्तो उद्योगमा काम गर्न चाहान्न जसले मलाई अफोर्ड नै गर्न सक्दैन।’

अभिनेताले थप भने- मैले यहाँ (दक्षिण) पाएको स्टारडम र सम्मान ठूलो छ। त्यसैले म आफ्नो उद्योग छोडेर अन्य कुनै पनि उद्योगमा लाग्ने सोचमा छैन । म सधैं फिल्म गर्ने र ठूलो बन्ने सोच गर्छु। मेरो सपना अब साकार हुँदैछ र म यो भन्दा बढी खुशी हुन सक्दिन।

महेश बाबुको कुरा गर्ने हो भने, उनी अन्तिम पटक ‘सरिलेरु नीकेववरु’मा देखिएका थिए। यो फिल्म २०२० मा रिलिज भएको थियो । अभिनेता अब छिट्टै चलचित्र ‘सरकारु वारी पेटला’ मा देखिदैछन्। फिल्म मे १२ मा सिनेमा हलमा रिलिज हुनेछ। चलचित्रले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ त्यो हेर्नु चासोको विषय हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *