नेपाल मानवअधिकार संगठन दाङद्वारा मतदान केन्द्रको स्थलगत अनुगमन

डिसी नेपाल
२९ वैशाख २०७९ २१:१९

दाङ । नेपाल मानवअधिकार संगठन दाङ शाखाले यहि शुक्रबार  हुनगइरहेको स्थानीय निकायको निर्वाचनको पूर्व सन्ध्यामा घोराही उपमहानगरपालिकामा रहेका विभिन्न मतदान केन्द्रको अनुगमन गरेको छ । भयरहित वातावरणमा मतदाताले मतदान गर्न पाउने अधिकार लाई कसैले हनन गर्न नपाउने संगठनको भनाई रहेको छ। मतदान केन्द्रको बस्तुस्थितीका विषयमा मतदान अधिकृत र सुरक्षा अवस्थाबारे सुरक्षा निकाय संग संगठनको टोलीले जानकारी लिएको सभापति ऋषिराम शर्मा दाहालले बताए ।

टोलीले घोराही उपमहानगरपालिका १५ स्थीत सरस्वती मावि मतदान केन्द्रको बस्तुस्थितीको विषयमा जानकारी लिएको छ । ३० गतेको मतदानका लागि सरस्वती मावि मतदान केन्द्रमा १० वटा वुथ तयार पारिएको र ९७०० मतदाता रहेको मतदान अधिकृत ‌नारायणी पौडेलले जानकारी दिईन । घोराही १४ बाल मन्दिर मतदान केन्द्रमा ६ वटा वुथ तयार पारिएको छ। ६१३९ मतदाता रहेको मतदान अधिकृत किसोर आचार्यले जानकारी दिए।सो बुथको सुरक्षाको जिम्मेवारी प्रहरी सहायक निरीक्षक रुपाकुमारी सार्कीको कमाण्डमा २७ जना सुरक्षाकर्मी परिचालन गरिएको आचार्यले बताए ।

घोराही १३ वराहक्षेत्र मावी मतदान केन्द्रमा ६ वटा वुथ तयार पारिएको मतदाता संख्या ५९०६ रहेको मतदान अधिकृत रामधन श्रेष्ठले बताए। मतदान को सम्पूर्ण तयारी पुरा भएको र शान्ति सुरक्षाको लागि २६ जना सुरक्षाकर्मी परिचालन गरिएको श्रेष्ठले बताए । घोराही १८ मसिना मतदान केन्द्रमा ५ वटा वुथ तयार पारिएको छ । ५०२५ मतदाता संख्या रहेको र मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत गिरीराज पाण्डेले बताए । सो मतदान केन्द्र सार्है साघुरो भएको र सौचालयको समस्या रहेको पाण्डेले बताए । ३वटा वुथ मावी रझेनामा राख्न सकेको भय सवैलाई सहज हुने पाण्डेको भनाई छ। मतदानको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षाका लागि २३ जना सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले बताए ।

घोराही १२ मावी हापुर विजौरीमा ६ वटा वुथ तयार पारिएको छ ।सो मतदान केन्द्रमा ५४९५ मतदाता संख्या रहेको र मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत डा.मदन भण्डारीले बताए । सुरक्षाका लागि २६ जना सुरक्षाकर्मी परिचालन गरिएको भण्डारीले बताए ।

त्यसैगरी घोराही १६ स्थित सिर्जनसिल आधारभूत मतदान केन्द्रमा ३ वटा वुथ तयार पारिएको छ । सो मतदान केन्द्रमा २१४६ मतदाता संख्या रहेको मतदान अधिकृत वामदेव ज्ञवालीले बताए । सम्पूर्ण वडाको मतदाता संख्या आफुलाई थाहा नभएको उनले बताए ।सो मतदान केन्द्रलाई संवेदनशील क्षेत्रमा राखेकोले विषेश सतर्कता अपनाएको उनले बताए । सुरक्षा अवस्थाबारे आफुहरु सचेत रहेको र सुरक्षाकर्मी वाट निरन्तर गस्ती भएको उनले बताए । सुरक्षाका लागि १६ सुरक्षाकर्मी परिचालन गरिएको ज्ञवालीले बताए ।

नेपाल मानवअधिकार संगठन दाङ शाखा सभापति ऋषिराम शर्मा दाहाल, निवर्तमान केन्द्रीय सदस्य जयानन्द शर्मा, सचिव रामकुमार पौडेल, सदस्य मोहन पुरी अनिल अधिकारी लगायतको टिमले सो मतदान केन्द्रको अनुगमन गर्नुका साथै वस्तु स्थीतिको विषयमा जानकारी लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *