‘कम्युनिष्ट फुटाएर माओवादीलाई अलिकति शक्ति दिँदा एमाले कमजोर हुन्छ भन्ने सोच देउवामा छ’

डिसी नेपाल
५ जेठ २०७९ १३:४६

काठमाडौँ। स्थानीय तह निर्वाचनको मत परीणाम आउने क्रम जारी छ। जारी मतपरीणाम अनुसार नेपाली कांग्रेस ठूलो दलको रुपमा उदाएको छ भने नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भएसँगै नेपाली कांग्रेसभित्र तालमेलको विषयले ठूलो विवाद सृजना भयो। तर चुनावी परीणामले भने गठबन्धन गर्दा कांग्रेसलाई फाइद पुगेको देखिएको छ। चुनावी परीणाम तथा गठबन्धनलगायतका विषयमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग डिसी नेपालका लागि अर्जुन दाहालले गरेको कुरकानीको संपादित अंश :

स्थानीय निर्वाचनको यो परीणामलाई समग्रमा कसरी हेर्नु भएको छ ?

समग्रमा हेर्दा तत्कालका लागि गठबन्धनलाई फाइदा पुगेको देखिन्छ। यो भन्दा पनि ठूलो कुरो के छ भने जुन ढंगले स्थानीय निर्वाचन भयो र जनसहभागिता भयो, जसरी महिला, पुरुष, आदिबासी र जनजातिले भाग लिए त्यो एउटा उत्सवको रुपमा देखेँ। एकातिर स्थानीय निकायको निर्वाचन संघीय निर्वाचन भन्दा ज्यादै उत्साहपूर्ण हुन्छ।

३५ हजार मानिसहरुको संलग्नता हुन्छ। प्रत्यक्ष र अप्रत्यक्ष सबै मनिसको सहभागिता हुन्छ। निर्वाचन जित्नको लागि हरेकले प्रयत्न गर्छ। अहिलेको सत्ता गठबन्धनले जुन प्रयत्न गर्यो त्यो प्रयत्नले तत्कालको लागि नेपाली काँग्रेसलाई सुबिधाजनक स्थितिमा पुर्‍याएको छ। नेकपा माओवादीले पनि प्रशस्त ‘पोलिटिकल स्पेस’ पाएको छ।

नेकपा एसले सोचे अनुरुप स्थान नपाएको हुनाले उसको पार्टीको अध्यक्ष माधवकुमार नेपालको रिसहरु बाहिर आइरहेका छन्। त्यस्तै बाबुराम भट्टराई र उपेन्द्र यादवको पनि सोचे जस्तो सोचे अनुरुपको परीणाम आएको छैन।

त्यस्तै, एमाले विरुद्धको जुन गठबन्धन थियो, ती गठबन्धनहरुले जुन परीणामहरु देखाई रहेको छ त्यसले काँग्रेसलाई हौसाएको छ, माओवादीलाई चित बुजाएको छ। एमाले पनि निरासा हुनुपर्ने ठाउँ देख्दिन।

किन भने एमाले विरुद्ध ५ दल थिए। तर त्यसको बाबजुत पनि एमालेले एउटा समानजनक राम्रो स्थानमा बसेको छ। नेपालमा यो एउटा परिपक्क राजनीति निर्णय भएको स्थानीय निर्वाचनले देखाएको छ।

काँग्रेस भित्र माओवादीसँग मिल्नु हुँदैन बीपीको सिद्धन्त विपरित हुन्छ भन्ने चर्चा परिचर्चा थियो, सायद तपाईं पनि यही लाइनमा हुनुहुन्थ्यो। तपाईंले नेपाली काँग्रेसको हालत भारतको कांग्रेस आईसम्म पुग्न सक्छ भन्नु भएको थियो। आखिरमा नेपाली कांग्रेसलाई फाइदा नै भयो। यसमा त्यो बेलाको मूल्यांकन गलत रहेछ वा सूचना नै गलत भयो?

अहिले केही केही मूल्यांकनहरु गलत भए र केही केही मूल्यांकनहरु अहिलेको स्थानीय निकायको निर्वाचनलाई लिएर गरिएको थिएन। बिपीको विचार अनुरुप कम्युनिष्टसँग मिल्नु हुँदैन भन्ने कुरा ०४६ सालको जनआन्दोलनदेखि नै कमजोर पर्दै गएको हो।

यो स्थानीय निकायको निर्वाचन कुनै किसिमको गठबन्धन नगरौं भन्ने थियो। किन भने सबै स्थानीय निकायको निर्वाचनको परीणामले आफैं सरकार बन्छ। उदाहरणको लागि ललितपुरमा चिरिबाबुले चुनाव जित्दै हुनुहुन्छ र उहाँले बहुमत पनि कमाउँदै हुनुहुन्छ।

यो भन्दा पहिले २०७४ सालको चुनावमा उहाँ एक्लैले जित्नु भएको थियो। उहाँले राम्रो काम गर्नु भयो र उहाँले पुरै टिमलाई जित्याएर ल्याउनु भयोे। तर ५ वर्ष उहाँले राम्रो काम गर्नको लागि अरु कम्युनिष्ट साथीहरुको दुई तिहाई बहुमत थियो, उनीहरुले असहयोग गरेनन्।

तर स्थानीय निकायको निर्वाचनमा सरकार बन्ने बनाउने कुरो हुँदैन। सरकार जनताले प्रत्यक्ष निर्वाचनबाट बनाइदिन्थे त्यसले गर्दा सबैले सबैको हैसियत पनि बुज्दथे। र सबैसँग सामाजिक सद्भाव पनि विस्तार हुन्थ्यो।

गठबन्धन गर्ने बित्तिकै स्थानीय निकायमा कसैलाई काखा कसैलाई पाखा गरे जस्तै भयो। एमालेको असन्तुष्टि चरम छ। उसको बिरुद्ध मोर्चा बन्दी भयो र उसको बिरुद्ध सिद्धान्त प्रतिपादन गरियो भने एमाले एउटा ठूलो भयानक पार्टी छ भन्ने कुरा भनियो र अर्को अधिनायक पार्टी हो भन्यो।

अहिले स्थानीय निकायको निर्वाचनमा जे भइरहेको छ यसले मुलुकको डेमोक्रेटिक मोमेन्टलाई कमजोर पर्छ। यसको परीणाम र यसको असरहरु हेर्नको लागि ६ महिनापछि मङ्सिरमा हुने चुनावलाई हेर्नुपर्ने हुन्छ। अहिले अल्पकालमा काँग्रेस र माओवादीले खुसी मनाई रहेका छन्।

एक्लै चुनाव लड्न नसक्ने प्रचण्डको र माधव नेपालको अवस्था जहाँ अहिले आइपुगेको छ समग्रमा हेर्दा नेपाली काँग्रेसको कारणले कम्युनिष्टहरु नै बलियो हुँदै गइरहेको स्थिति देखिन्छ। यो नेपाली काँग्रेसको लागि आत्मघाती हुने जस्तो स्थिति देख्नु हुन्छ?

एमालेको कम्युनिष्ट पार्टी हो। यो ठूलो पार्टी हो भन्ने काँग्रेसका नेताहरुको निस्कर्ष हो भने एमालेको बिकल्पमा माओवादीलाई झन् ठुलो पार्टी बनाउन काँग्रेस खोज्दै छ। अहिले यही भयो। आखिरमा नेपाली काँग्रेस र कम्युनिष्टकोबीचमा एउटा सैद्धान्तिक दूरी छ संघर्षका एउटा सहयात्रा पनि छ।

तर सत्ताको गठबन्धन यसरी निर्वाचन गरेर राष्ट्रब्यापी रुपमा यो पहिलो पटक हो। यसले के गर्छ भने कम्युनिष्टको विकल्प कम्युनिष्ट नै खोज्दछ। नेकपा एमाले फेल हुँदा माओवादी वैकल्पिक शक्ति भएर आयो भने त्यसले नेपाली काँग्रेसलाई चुनौती कम भएन। त्यसैले स्थानीय निकायको निर्वाचनमा माओवादीलाई पूर्ण स्थापित गर्ने काममा काँग्रेस नलागोस्। लोकतान्त्रिक अभ्यासहरुमा एमालेको टेस्ट जति भएको छ, त्यति अभ्यास माओवादीको भएको छैन।

माओवादी भित्र माओवादीका नेता प्रचण्डजीकोे वा माओवादी नेताहरुको अभिव्यक्ति अहिले पनि बन्दुकको जस्तो बेला बेलामा धम्कीहरु सुनिन्छ। केपी शर्मा ओलीजीले कम्युनिष्ट पार्टी फुटाएर ३/४ वटा कम्युनिष्ट पार्टी बनाइ दिएर नेपाली काँग्रेसको लागि वरदान साबित गरिदिएका छन्।

फुटेको ३/४ वटा कम्युनिष्ट पार्टीमध्ये ३ वटा कम्युनिष्ट पार्टी काँग्रेससंग आएर मिलेका छन्। अहिले निर्वाचन परीणाम हेर्दा काँग्रेस ३ सय भन्दा माथि छ र झन्डै झन्डै ४ सय प्लस कम्युनिष्टहरु छन्। त्यसले गर्दा कुनै पनि किसिमले बलियो गठबन्धन छ, मैले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि खतरा युक्त देख्दछु।

नेपाली काँग्रेसको लागि नेकपा एमाले प्रतिद्वन्द्वी हुने अथवा नेकपा माओवादी प्रतिद्वन्द्वी हुनुमा के अर्थ छ ?

स्थानीय निकायमा यो हुनु नहुनु यो गठबन्धन भइहाल्यो। नेपाली काँग्रेसको नेतृत्वमा नेपाल कसरी गइरहेको छ भन्ने कुराको आर्थिक र सामाजिक रुपको गहिरो अध्ययन गरिएको छैन। तत्काल एमाले अलिकति शक्तिशाली देखियो।

अब कम्युनिष्ट पार्टी फुटाएर माओवादीलाई अलिकति शक्ति दिँदा एमाले कमजोर हुन्छ कि भन्ने सोच शेरबहादुर देउवाजीको। तर यो सोच के हो भने नेपालमा काँग्रेसको मध्यमबाट कम्युनिष्टको विस्तार भइरहेको सोच हो।

अहिले पोखरामा कुनै पनि हालतले माधव नेपालजीको कम्युनिष्ट पार्टीले जित्दैन। त्यो सम्भावना नै छैन। त्यस्तै रेणु दाहाल भरतपुरमा जित्ने सम्भावना थिएन। त्यस्तै वीरगंजमा उपेन्द्र यादवजीको समाजवादी पार्टी जित्ने सम्भावना थिएन। हुँदा हुँदा जनकपुरमा काँग्रेसले छोड्योे। जुन काँग्रेसको आधार इलाका हो।

केपी शर्मा ओलीजीले कम्युनिष्ट पार्टी फुटाएर ३/४ वटा कम्युनिष्ट पार्टी बनाइ दिएर नेपाली काँग्रेसको लागि वरदान साबित गरिदिएका छन्। फुटेको ३/४ वटा कम्युनिष्ट पार्टीमध्ये ३ वटा कम्युनिष्ट पार्टी काँग्रेससंग आएर मिलेका छन्।

काँग्रेसले यसरी हेर्दा पोखरा, भरतपुर र वीरगंज त्यो क्षेत्रमा आफ्नो उपस्थिति जनाउन दिएन। आज काठमाडौँमा थुप्रैले जित्दैछ। उपमेयर कसले जित्दै छ? त्यसमा कसैको ध्यान छैन। तर मुलुकको राजनीतिलाई परिवर्तन गर्ने गरी बालेन साह आउँदै छन्।

बालेन साहको जितले काठमाडौँमा उनले भोट पाउने १ लाख होला तर, काठमाडौँमा बस्ने ४०/५० लाख मानिसहरुले उनको कार्य हेर्छ। यही भरतपुरमा रेणु दाहालले जित्यो र वडा अध्यक्ष काँग्रेसले जित्यो भने काँग्रेसले केही राम्रो काम गरेमा त्यसको श्रेय रेणु दाहाल या माओवादीलाई जान्छ।

रेणु दाहाल अथवा पोखरामा एकीकृत समाजबादीकाले जित्नु र त्यसको ठाउँमा एमालेले जित्नुमा एकजना विश्लेषक पुरञ्जन आचार्यको लागि के फरक छ ?

नेकपा एमालेले ४० वर्षदेखि आफ्नो ढंगले लोकतान्त्रिक अभ्यासमा आइसकेको पार्टी। रेणु दाहाललाई कुनै पनि अल्ट्रा लेफको बाटोमा जानको लागि जति सहज हुन्छ उनलाई त्यति सहज एमालेका विजय सुबेदीलाई हुँदैन। त्यस कारण नेपाली काँग्रेसले त्यसको महत्व बुझेको भए तपाईंले भन्नु भएको कुरामा असहमत हुने ठाउँ थिएन।

के फरक पथ्र्याे होला र? काँग्रेसका यस्तै कुराहरुले गर्दा काँग्रेसले अलिकति गम्भीर, अलिकति दूरदृष्टि र अलिकति विचार नपुर्याएको हुँदा काठमाडौँमा काँग्रेसको अहिले हालत भएको हो।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *