अमेरिकामा लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरुको नेतृत्व

डिसी नेपाल
६ जेठ २०७९ २२:४८

काठमाडौं। अमेरिकामा लायन्स क्लब इन्टरनेशनलको बिभिन्न राज्यहरुको केही लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरु पनि अग्रस्थानमा आएका छन्।

क्यालिफोर्निया राज्यको डिष्ट्रिक्ट ३C-४ मा राजेन थापा पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर भएपछि अरु नेपालीहरु पनि उत्साहका साथ डिष्ट्रिक्ट स्तरको नेतृत्व तहमा अग्रपंक्तिमा आउँदैछन् । नेपालदेखिनै लायन्समा सक्रिय राजेन थापाले Berkeley Annapurna Lions Club को स्थापना गरी क्लबको संस्थापक अध्यक्ष सहित बिभिन्न पदहरुमा रही सेवा प्रदान गरेका छन्।

यसै क्रममा, कनेष्ट्क्टकट राज्यको डिष्ट्रिक्ट २३-B का सक्रिय लायन राज श्रेष्ठले सन् २०१६ मा नयाँ लायन्स क्लब Hartford County Everest Centennial Lions Club स्थापना गरी संस्थापक अध्यक्ष सहित बिभिन्न पदमा रही लायन्सको मानवीय सेवा कार्यमा सरिक हुनुका साथै डिष्ट्रिक्ट क्याबिनेटमा स्पेश्याल्टी क्लब्स चेयर र दईु पटक जोन चेयर हुँदै लायन बर्ष २०२२-२०२३ को लागि डिष्ट्रिक्ट २३-B का लागि Second Vice District Governor मा निर्वाचित भएका छन्।

यसका साथै,राज श्रेष्ठलाईलायन्स क्लब इन्टरनेशनलको प्रधान कार्यालयले संयुक्तराज्य अमेरिका र क्यानडाको लागि New Club Development Consultant नियुक्त गरेको छ ।

यसैगरी, क्यालिफोर्नियाराज्यको डिष्ट्रिक्ट ३C-४ मा Berkeley Annapurna Lions Club का पूर्व अध्यक्ष मनिलबाबु श्रेष्ठ क्लबको बिभिन्न पदमा र डिष्ट्रिक्ट क्याबिनेटमा जोन र रिजन चेयिपर्सनमा सेवारत भई गत बर्ष 2nd Vice District Governor मा निर्वाचित भएका थिए भने यस बर्ष 1st Vice District Governor निर्वाचित भएका छन् ।

लायन्समा 2nd Vice District Governor उम्मेदवार हुनको लागि स्थानीय क्लबको अध्यक्ष, त्यसपछि दुई बर्ष क्लवको वोर्ड सदस्य र कम्तिमा एकपटक डिष्ट्रिक्ट क्याबिनेटमा जोन चेयिपर्सन र रिजन चेयिपर्र्सन भएको हुनुपर्छ

यसैगरी टेक्सास राज्यका लायन प्रकाश गौतम यस बर्ष 2nd Vice District Governor को पदमा सेवारत छन् भने लायन वर्ष २०२२-२०२३ का 1st Vice District Governo मा निर्वाचित भएका छन्। Plano Collin Nepalese Lions Club को स्थापना गरी संस्थापक अध्यक्षको रुपमा पनि सेवा प्रदान गरिसकेका छन्।

अमेरिकामा पहिलो नेपाली लायन्स क्लब टेक्सास राज्यको डालासस्थित डालास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष लायन राधाकृष्ण काफ्ले पनि केही बर्ष डिष्ट्रिक्ट क्याबिनेटमा सेवारत रही लायन बर्ष २०२२-२०२३ का लागि  2nd Vice District Governor मा निर्वाचित भएका छन् । लायन राधाकृष्णले पनि क्लबको बिभिन्न पदमा रही सेवा प्रदान गगरिरहेका छन्।

राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक सँस्थाहरुको नेतृत्वतहमा पनि अमेरिकाका नेपालीहरु अग्रपंक्तीमा आउँदैछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *