काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन्।
काठमाडौं महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।
मतगणना सकिएकामध्ये वडा नं. ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन्।
एमालेका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment