बालेनमाथि बन्यो गीत, स्याबास बालेन स्याबास

डिसी नेपाल
११ जेठ २०७९ ११:०४
288
Shares

काठमाडौं। ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले युट्युब च्यानल ऊबेला मार्फत गीत र भिडियो सार्वजनिक गरेका हुन्। गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए।

उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित मिल्ने र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने उनले जनाए।

‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने– जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा’, नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने।

ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन् । गत महिना ९० को दशकमै तयार भएको तर हालसालै मात्र निकाल्न सकिएको भनेर ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ । समूहले स्लो रक र ९० को दशकमा चर्चित सांगीतिक स्वादलाई अनुसरण गर्ने र अन्य विधाका गीतहरुमा पनि बिस्तारै काम गर्ने नित्यले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *