मलाइका अरोराले एउटा आइटम डान्सको लागि कति लिन्छिन् पारिश्रमिक ?

डिसी नेपाल
१३ जेठ २०७९ १४:२२
808
Shares

काठमाडौँ। बलिउड अभिनेत्री मलाइका अरोरालाई उद्योगको फेसनिस्ट मानिन्छ। मलाइका आफ्नो अभिनयसँगै ड्रेसिङ सेन्सका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाका तस्बिर र भिडियोहरू प्राय सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन्। तर, मलाइका प्रायः आफ्नो कपडाका कारण सामाजिक सञ्जालमा ट्रोल हुने गर्छिन्।

अब मलाइकाको व्यावसायिक जीवनको कुरा गर्दा, उनले आफ्नो करियरमा धेरै सुपरहिट आइटम डान्ससहित म्युजिक भिडियो र विज्ञापनमा काम गरिसकेकी छिन्, जसको लागि उनले मोटो पारिश्रमिक पनि लिन्छिन्। तर के तपाईलाई थाहा छ मलाइकाले एउटा आइटम डान्सको लागि जति शुल्क लिन्छिन्, त्यसैले कयौं पटक अभिनेत्रीहरूले पुरै फिल्मको बराबर पारिश्रमिक लिँदैनन्।

कोइमोइको रिपोर्ट अनुसार अभिनेत्री मलाइका अरोराले एउटा आइटम डान्सको लागि मोटो रकम लिन्छिन्। रिपोर्टलाई विश्वास गर्ने हो भने अभिनेत्रीले एक आइटम डान्सको लागि करिब १.७५ करोड भारु लिन्छिन्।

योसँगै मलाइकाले आइटम डान्सको लागि जति पैसा लिन्छिन्, त्यति पैसा धेरै अभिनेत्रीले पुरै फिल्मको पारिश्रमिकसमेत नलिने गरेको देखिन्छ। रिपोर्टको अनुसार २०२१ मा मलाइकाको नेटवर्थ ७३ करोड थियो भने २०२२ मा उनको नेटवर्थ करिब १०० करोड रहेको छ।

हालै मलाइका अरोरा करण जोहरको बर्थडे पार्टीमा पुगेकी थिइन्। यस क्रममा मलाइकाले आफ्नो ड्रेसिङ सेन्सले सबैको ध्यान तानिन् । मलाइका करणको पार्टीमा प्रवेश गर्ने बित्तिकै पापाराजीको क्यामेरा उनको तर्फ फर्कियो। वास्तवमा मलाइकाको ड्रेसिङ सेन्स निकै बोल्ड थियो।

मलाइका ब्राइट ग्रीन कलरको कोट र सर्ट लगाएर पार्टीमा पुगेकी थिइन्। उनले यो खुला कोटको साथ टी-शर्टको सट्टा भित्र गुलाबी रंगको ब्रालेट लगाएकी थिइन्। यससँगै मलाइकाले ब्राइट पिंक कलरको हाइ हिल पनि लगाएकी थिइन्। यही पहिरनका कारण मलाइका सामाजिक सञ्जालमा निकै ट्रोल पनि भइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *