भ्रष्टाचार नियन्त्रणबाट समृद्धि कायम हुन्छः अध्यक्ष लिङ्देन
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् ।
विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उहाँले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले भ्रष्टाचार नगर्ने सङ्कल्प गरी पदभार ग्रहण गर्ने गरेको उदाहरण देखिएको बताए ।
अध्यक्ष लिङ्देनले मुलुकको ठोस नीति नभएका कारण महँगी वृद्धि भइरहेको चर्चा गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको धारणा राखे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment