विवादमा आमीरको ‘लाल सिंह चड्डा’

डिसी नेपाल
१५ जेठ २०७९ ११:०३
240
Shares

काठमाडौं। बलिउड अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो। यो फिल्म ११ अगष्टमा रिलिज हुँदैछ। फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन्। फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदैछ।

तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ। हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन्। यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन्।

उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन्। उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन्।

‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ। आमीर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन्। यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन्। उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ। यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ। यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *