दक्षिण भारतीय फिल्ममा किन बढी काम गर्छन् सोनु ?

डिसी नेपाल
१५ जेठ २०७९ १२:२१
104
Shares

काठमाडौँ। बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन। उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे। दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले। उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए।

यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन्। हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्मप्रतिको मोहका बारेमा कुराकानी गरेका छन्।

‘म स्क्रिप्टलाई लिएर सुरुदेखि नै चुजी छु। चाहे त्यो तमिल, तेलुगू या हिन्दी नै किन नहोस्। दक्षिण भारतीय फिल्मले मलाई खराब हिन्दी फिल्मबाट बचाइरहेको छ। नत्र त एक समय आउँछ जब तपाईंलाइ लाग्छ कि तपाईं कुनै ठूलो फिल्ममा देखिनका लागि मात्र काम गर्नुहुन्छ। दक्षिण भारतीय फिल्मले मलाई यस्तो काम गर्न टाढा राख्छ’, उनले भनेका छन्।

सोनु हालैमात्र तेलुगू फिल्म ‘आचार्य’मा देखिएका थिए। जहाँ उनले चिरञ्जीवी र उनका छोरा रामचरणसँग अभिनय गरेका थिए। यो फिल्ममा सोनुलाई नकारात्मक भूमिकामा देखाइएको थियो। यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन।

उनले अक्षय कुमार, मानुषी छिल्लर र सञ्जय दत्तका साथ फिल्म ‘सम्राट पृथ्वीराज’मा पनि अभिनय गरेका छन्। यो फिल्म ३ ज’नमा रिलिज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *