सलमानका अनेक सोख

डिसी नेपाल
१५ जेठ २०७९ १२:५३
208
Shares

एजेन्सी। बलिउडका सुल्तान सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूलो सुपरस्टार हुन् । आफ्नो फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा शौखिन छन्। चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा।

सलमान बाल्यकालदेखि नै यस्ता काममा चासो राख्थे, जुन कामले उनलाई आनन्द दिलाओस् । सलमानको बाल्यकालका केही सोख आफैंमा रमाइला किसिमका थिए। जुन कुरा पढ्दा जोकोही पाठक हाँस्छन्।

आप चोर्ने काम

सलमानका पिता सलिम खानले कैयौं पटक आफ्ना तीन छोरामध्ये सबैभन्दा फटाहा सलमान नै रहेको खुलाउँदै आएका छन् । सलमान बाल्यकालमा ग्वालियरको सिन्धिया स्कुलमा पढ्थे । स्कुलबाट गर्मीको बिदा भएपछि बिदाको आनन्द लिन इन्दोर आउँदा नियमित रुपमा साइकल कुदाउँथे । साइकलमा टाढा पुगेर बगैंचाहरूमा साथीहरूसँग आप चोर्दै खान्थे । उनी आँपसँगै जामुन पनि उत्तिकै चोर्थे ।

कुवामा पौडी

सलमानले पौडीको मामलामा महारथ नै हासिल गरिसकेका छन् । यो दाबी उनी स्वयं गर्छन् । तर, बाल्यकालमा सलमान पानीमा पौडिन निकै डराउँथे । एकदिन उनकी ठूली आमाले सलमानलाई डरबाट मुक्त राख्नका लागि शरीरमा डोरी बाँधेर कुवामा धकेलिदिएकी थिइन् । यसपछि सलमानलाई पानीमा डुब्ने डर समाप्त भएको थियो ।

स्कुटर र बलयगाडा चलाउने सोख

कलेज जीवनमा सलमानका अनौठा सोख थिए । अन्य साथीहर” बाइकमा कलेज जाँदा सलमान भने स्कुटरमा पुग्थे । गाउँमा जाँदा भने उनी गाउँ घुम्नका लागि बयलगाडा चलाउँथे ।

बाइक स्टण्टमा घाइते

बाइक चलाउने जोकोही खुला सडकमा बाइक चलाउन चाहन्छन् । तर सलमान यो मामलामा केही फरक थिए । उनी बिग्रिएका सडकमा बाइक र जिप स्टण्ट गर्थे । एकपटक उनले स्टण्ट दिँदा बाइक लडेपछि हात नै भाँचिएको थियो । जसकारण उनले पिता सलिमबाट गाली खानु परेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *