त्रियुगा नगरपालिका अपडेटः ३३६५८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार १९७४ ले अगाडि

डिसी नेपाल
१५ जेठ २०७९ १५:००

काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले अग्रता बढाउँदै गएका छन्।हालसम्म ३३६५८ मत गणना हुँदा कांग्रेसक बस्नेतले ११६५८ मत प्राप्त गरेका छन्।बस्नेतलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार भागवत राउतले ९७२४ मत प्राप्त गरेका छन्।बस्नेत र राउतको मतान्तर १९७४ को रहेको छ।

निर्वतमान मेयर तथा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले भने ७७९५ मत सहित तेस्रो स्थानमा रहेका छन्।त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरेको छ।

उपमेयरमा भने एमालेकी उम्मेदवार अगाडि रहेकी छिन्।एमालेकी महेश्वरी राईले १०८९४ मत प्राप्त गर्दा कांग्रेसकी सरिता राईले १०२२६ मत प्राप्त गरेकी छिन्।गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी माओवादीकी गिता खड्काले भने ५८३५ मत पाएकी छिन्।अब ६५२१ मत गणना हुँन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *