विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, ६५ जनाकाे उद्धार टोली पैदलबाट जाँदै

डिसी नेपाल
१६ जेठ २०७९ ९:२४
88
Shares

पोखरा। तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परे पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर उक्त क्षेत्रमा पठाउन सकिएको छैन।

सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ। तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए।

हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ। उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन्।

त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *