रूसको आवाजको गतिभन्दा ९ गुणा तीव्र गतिको जिरकोन मिसाइलको परीक्षण सफल

डिसी नेपाल
१९ जेठ २०७९ १०:५१
6.8k
Shares

काठमाडौं । रुस–युक्रेन युद्ध भएको ९५ दिनभन्दा बढी समय बितिसक्दा पनि स्पष्ट विजेताको पहिचान हुन सकेको छैन । रुसलाई आर्थिक मोर्चामा घेर्न पश्चिमी देशहरूले प्रतिबन्धहरू कडा पार्दैछन्। तर, रुसले पनि नयाँ मिसाइल परीक्षण गरेर आफ्नो सैन्य शक्ति निरन्तर बढाउँदै आएको छ ।

अब रुसले आफ्नो नयाँ हाइपरसोनिक जिरकोन क्रुज मिसाइलको परीक्षण पूरा गरेको छ । यो वर्षको अन्त्यसम्ममा उत्तरी फ्लीटको युद्धपोतहरूमा तैनाथ गरिनेछ। समाचार एजेन्सी टासका अनुसार रुसी युद्धपोत एडमिरल गोलोभकोस पहिलो युद्धपोत हुनेछ जसमा यसलाई तैनाथ गरिनेछ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जिरकोनलाई नयाँ पुस्ताको बेजोड सशस्त्र प्रणालीको रुपमा व्याख्या गरेका छन् । यो मिसाइल आवाजको गतिभन्दा ९ गुणा तेज छ । रुसी रक्षा मन्त्रालयले गत हप्ता सेतो सागरमा करिब १,००० किलोमिटर (६२५ माईल) टाढाको लक्ष्यमा ब्यारेन्ट सागरमा रहेको जहाजबाट जिरकोन क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको बताएको छ।

गत महिना रुसले सरमत नामको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परिक्षण गरेको थियो । यी मिसाइलहरूले आणविक हतियार पनि बोक्न सक्छन्। यस मिसाइलमा १० वा सोभन्दा बढी वारहेडहरू राख्न सकिन्छ। आइसीबीएम मिसाइलको न्यूनतम दायरा ५,५०० किलोमिटर हुन्छ।

मार्चमा ‘किन्झोल’ हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको थियो। किन्जोल एक रुसी शब्द हो जसको अर्थ चक्कु हो। पुटिनले यस क्षेप्यास्त्रलाई ‘आदर्श हतियार’ भनेका छन्, किनभने १५०० देखि २००० किलोमिटरसम्मको यो मिसाइलले परमाणु बम पनि खसाल्न सक्छ।

यो मिसाइल पहिलो पटक २०१८ मा परीक्षण गरिएको थियो। केन्जोल मिसाइलले ध्वनीभन्दा १० गुणा गतिमा यात्रा गर्छ र ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आक्रमण गर्न सक्षम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *