चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

डिसी नेपाल
१९ जेठ २०७९ १३:००
140
Shares

सान्टियागो। एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ। उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ। आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए।

रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो। ठूलाे फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर निर्धारण गर्न नसेकेको बताइएको छ।

एलर्स मिलेनारियोसमेत भनिने सो रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ। यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख बताइएको थियो। सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ।

चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले रुख फेला परेको विषयलाई ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै त्यसको प्रशंसा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *