फुटबलर जेरार्ड पिकेसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा
लसएञ्जल्स। कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन्। पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन्।
शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए। त्यो समयको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरूसँगै देखिएका थिए।
पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन्। पिकेका छिमेकीहरूले कैयौं पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका छन्। छिमेकीहरूका अनुसार पिके उनी बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन्। पिके र शाकिराबीच उनीहरूबीच १० वर्षको उमेर अन्तर छ। उनीहरुको दुई सन्तान छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment