पञ्जाबमा मूसेवालाको हत्यापछि ४२४ जनाको सुरक्षा बढाइयो
काठमाडौं । पञ्जाबमा गायक सिद्धु मूसेवालाको हत्यापछि उनको सुरक्षा हटाउनु ठूलो मुद्दा बनेको छ । उनको हत्या हुनुभन्दा एक दिनअघि पञ्जाब सरकारले ४२४ जनाको सुरक्षा फिर्ता लिएको थियो । तर अहिले पञ्जाब सरकारलाई अदालतले हप्काएको छ । सेक्युरिटी फिर्ताको नामावली चुहावट भएकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ ।
अहिलेको लागि, पञ्जाबको आम आदमी पार्टी सरकारले ४२४ जनाको सुरक्षा बहाल गर्ने निर्णय गरेको छ। जून ७ देखि उनीहरु सबैको सुरक्षा पुनःस्थापना हुनेछ । सरकारले ती भीआईपीहरूको सुरक्षा सीमित अवधिका लागि मात्रै आफ्नो तर्फबाट हटाइएकोमा जोड दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment