हेटौँडामा बोलेरो गाडी दुर्घटनामा परी चालकको मृत्यु – Dcnepal

हेटौँडामा बोलेरो गाडी दुर्घटनामा परी चालकको मृत्यु

हेटौँडा । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो