न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस

डिसी नेपाल
२० जेठ २०७९ २२:०७

काठमाडौं । अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा यूएस नेपाल कलाइम्बर्स एसोसिएसन (इन्क यूएसए)ले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ ।

मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । सन् १९५३ मे २९ तारिखका दिन सर्बोच्च शिखर सगराथामा पहिलो मानव पाइला टेक्न सफल स्व. सर एड्मन्ड हिलारी र स्व। तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा अन्तरराष्ट्रिय सगरमाथा दिवश मनाएको हो ।

यसअघि मे २४ तारिक २०२२ का दिन न्यूयोर्क राज्य विधान सभा सदस्य सम्माननीय जेनिफर राजकुमार र न्यूयोर्क राज्य गर्भनर सम्माननीय क्याथी होचुल तथा न्यूयोर्क राज्य बिधानसभा कलर्क सम्माननीय मेरी अन्ने ई डेन्ड्लेसले न्यूयोर्क राज्यको एसेम्बली हल अलबानीबाट प्रत्येक वर्ष मे २९ लाई अन्तरार्ष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका थिए ।

विहान शेर्पा किदुक गुम्बामा हिमाल आरोहणको क्रममा ज्यान गुमाउने आरोहीहरुको चीर शान्ती तथा सम्झनामा लामा धर्मगुरुहरुद्वारा बिशेष पुजा पाठ तथा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको थियो । औपाचरिक रुपमा भने कार्यक्रम दिउँसो तीन बजेबाट शुरु भएको थियो । नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान सँगै हिमाल आरोहणको क्रममा दिवांगत भएका सम्पूर्ण साहसी पर्वतारोहीहरुको सम्मानमा एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *