एलन मस्कको एउटा बयानले उनको कम्पनी टेस्लालाई ठूलो झट्का

डिसी नेपाल
२१ जेठ २०७९ १०:२१
616
Shares

काठमाडौं । इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ । अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यो झट्का कम्पनीका सीईओ एलोन मस्कको त्यो बयानपछि आएको थियो जसमा उनले जनशक्ति १० प्रतिशतले कटौती गर्न र नयाँ भर्ना रोक्न चाहेको बताएका थिए।

शुक्रबार, मस्कले कम्पनीलाई एउटा इमेलमा भनेका थिए कि उनलाई अर्थव्यवस्थाको बारेमा “नराम्रो आभास” भइरहेको छ र त्यसैले कार्यबल १०% घटाउन चाहन्छन् ।

यसअघि मे महिनामा अमेरिकी श्रम विभागले करिब चार लाख नयाँ रोजगारीको तथ्यांक सार्वजनिक गरेको थियो । तर अमेरिकामा महंगी गगनचुम्बी छ र फेडरल रिजर्भ बैंकले आगामी महिनाहरूमा थप ब्याजदर बढाउने अपेक्षा गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्लाका कार्यकारीहरूलाई सन्देश पठाइएको छ र उनीहरूलाई विश्वभर नयाँ भर्ती रोक्न भनिएको छ। यस घोषणा पछि, टेस्लाको सेयर शुक्रबार अमेरिकी स्टक एक्सचेन्जमा ९ प्रतिशत र नास्डाकमा लगभग २ प्रतिशत घट्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *