जनप्रतिनधिले जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्छः प्रदेश प्रमुख शेरचन 

डिसी नेपाल
२१ जेठ २०७९ २३:२०

कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनप्रतिनधिले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

उनले संविधानले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनाअनुरुप अगाडि बढाएको बताउँदै संविधानको पूर्णपालना र जनताको सेवा गर्नका लागि अनुरोध गरे ।

प्रदेशका स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिका लागि आज कपिलवस्तुमा आयोजित बधाई तथा शुभकामना एवं शासन सञ्चालनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले जनताले दिएको मतको कदर गर्दै अर्को कार्यकालमा पनि जनताले फेरि निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गरे ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारमध्ये जनताको घरदैलोको सरकार स्थानीय सरकार भएकाले जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गरे।

कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी प्रदेशवासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गरे । उनले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा जनताका आधारभूत आवश्यकताअनुसार प्राथमिकताका योजना निर्माण गरेर बजेट प्रदान गर्नका लागि अनुरोध गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले जनताको प्रतिनिधिले सधैँ जनताप्रति उत्तदायित्वलाई पूरा गर्नका लागि अगाडि बढ्न आग्रह गरे।

अन्तक्र्रियामा सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकाले सङ्घीयतालाई बलियो बनाउनेतिर लाग्नुपर्ने बताए ।

नेपाल सरकारका पूर्वप्रमुख सचिव लीलामणि पौडेलले सङ्घीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *