रूपन्देहीकाे रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु {भिडियोसहित}
भैरवहा। परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका २४ जना यात्रु घाइते भएका छन्।
जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो। घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको छ। दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए।
उनले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्याउने काम भएको बताए । चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेकाे पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन्। घाइते मध्ये २ जना बालक र ३ जना महिला रहेकाे बुझिएकाे छ।
हेर्नुहोस् भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment